काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो ।
पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । मनोनयन दर्ताकै राति प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई भेटेर तठस्थ बस्न आग्रह गरेपछि उनी समर्थित नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् ।
यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ । नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।
पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन् । ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा