काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ३ हजार २८२ मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।
हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् ।
निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार