काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ३ हजार २८२ मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।
हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् ।
निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने