काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि भएको निर्वाचनको मतगणनामा अहिलेसम्म शेरबहादुर देउवा अग्रस्थानमा रहेका छन्। अहिलेसम्म प्राप्त मतपरिणामअनुसार २२०६ मत गन्दा देउवाले १ हजार ५१, शेखर कोइरालाले ७९३, विमलेन्द्र निधिले २०५, प्रकाशमान सिंहले १७४, कल्याण गुरुङले १० मात्रै प्राप्त गरेका छन्।
सोमबार राति सकिएको मतदानपछि मंगलबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो। निर्वाचन समितिका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो