काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि भएको निर्वाचनको मतगणनामा अहिलेसम्म शेरबहादुर देउवा अग्रस्थानमा रहेका छन्। अहिलेसम्म प्राप्त मतपरिणामअनुसार २२०६ मत गन्दा देउवाले १ हजार ५१, शेखर कोइरालाले ७९३, विमलेन्द्र निधिले २०५, प्रकाशमान सिंहले १७४, कल्याण गुरुङले १० मात्रै प्राप्त गरेका छन्।
सोमबार राति सकिएको मतदानपछि मंगलबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो। निर्वाचन समितिका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै