काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन विक्री गर्ने दुई जना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले कोरोनाविरुद्धको भ्याक्सिन बेचिरहेका दुई जना स्वास्थ्यकर्मीलाई जनकपुरधामस्थित बस पार्कबाट पक्राउ गरेको हो ।
महोत्तरी जिल्ला महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौं हतका हेल्थ एसिस्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्ण कुमार यादवालाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । उनीहरूबाट ३ थान भ्याक्सिनसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।
नेपाल सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क दिँदै आएको उक्त भ्याक्सिन उनीहरूले ५ हजारदेखि १५ हजारसम्ममा बच्दै आएको सूचनाको आधारमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ