काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन विक्री गर्ने दुई जना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले कोरोनाविरुद्धको भ्याक्सिन बेचिरहेका दुई जना स्वास्थ्यकर्मीलाई जनकपुरधामस्थित बस पार्कबाट पक्राउ गरेको हो ।
महोत्तरी जिल्ला महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौं हतका हेल्थ एसिस्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्ण कुमार यादवालाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । उनीहरूबाट ३ थान भ्याक्सिनसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।
नेपाल सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क दिँदै आएको उक्त भ्याक्सिन उनीहरूले ५ हजारदेखि १५ हजारसम्ममा बच्दै आएको सूचनाको आधारमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ