धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बा ४४ प ९८३६ नंको पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना ६ ख ७४९ नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो । सवारी साधन हटाएपछि यातायात साधन सुचारु भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सवारी दुर्घटनाबाट एक वर्षमा ९५ को मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु