काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।
उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्तावमाथि सचिवालयले छलफल गरेर सर्ट लिस्ट तयार गर्नसक्ने एमाले नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित