काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।
उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्तावमाथि सचिवालयले छलफल गरेर सर्ट लिस्ट तयार गर्नसक्ने एमाले नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै