काठमाडौँ । वेदकोट नगरपालिका–१० सिसैयाबाट आज साँझ प्रहरीले तीन जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार लागूऔषध खैरो हिरोइनको कारोवार भइरहेको विशेष सूचनाका आधारमा वेदकोट–५ का ३२ वर्षीय धनबहादुर धानुक, वडा नं ९ का २१ वर्षीय पारस थापा र कृष्णपुर नगरपालिका–५ देखतभूलीका १९ वर्षीय मनिसा विष्टलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकामध्ये धनबहादुरको साथबाट शून्य दशमलव छ ग्रामका दुई पोका खैरो हिरोइन, रु ५०० नगद, पारसको साथबाट रु दुई हजार ९०० नगद रकमसहित २५ पोका शून्य दशमलव ९५ खैरो हिरोइन बरामद गरिएको उनले बताए । उनका अनुसार पक्राउ परेकामध्ये धनबहादुर वारदात पूर्वफौजदारी अभियोगमा सजाय पाइसकेका व्यक्ति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २२ मंसिर २०७८, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ