त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन ।
पक्राउ गरेसँगै थापाको शवपरीक्षण (मोस्टमार्टम) का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो ।
हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दैै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो ।
उक्त बसका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या