काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ ।
विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पठाइएको छ । निर्णय इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू हुने विभागले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ जेठ २०८३, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा
लागुपदार्थ सेवन गरी सवारी चलाउने २९ जना पक्राउ
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात
रसुवागढीबाट दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात