काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई स्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले म्यानेजर खनाललाई पक्राउ गरेको थियो ।
अहिले उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ मंसिर २०७८, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ