केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ

रासस

सोमबार, ०४ जेठ २०८३, ११ : १२
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।

जन्मकैदको सजाय तोकिएकी २५ वर्षीया तामाङ शुक्रबार राति १ बजेतिर कारागारबाट पर्खाल नाघेर भागेकी थिइन् ।

तामाङ चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस