काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति लिलामी तथा बिक्री प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
सीआईबी प्रशासन शाखाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरण जफत तथा व्यवस्थापन समितिले २०७९ पुस १ गते स्मार्ट टेलिकमको सेवा सञ्चालनका लागि जारी गरेको अनुमतिपत्र नवीकरण नगरिएको, अनुमतिपत्र बापतको रकम तथा रोयल्टीसमेत नतिरेको र पटक–पटकको निर्देशन अटेर गरेपछि कम्पनीको दूरसञ्चार सेवा, संरचना, प्रणाली तथा उपकरण नेपाल सरकारको स्वामित्वमा ल्याई सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
विज्ञप्तिअनुसार बीटीएस–०१/मेमो २०७९ नम्बरको निर्णयमार्फत कम्पनीको सम्पूर्ण चल–अचल सम्पत्ति नेपाल सरकारको स्वामित्वमा ल्याई सञ्चालन तथा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको थियो । त्यसक्रममा २०७९ फागुन २ गते कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा टावर नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, ११ : ४२
लेखकबाट थप