काठमाडौँ । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् ।
भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत खसेकाे थियाे । साथै नाे भाेटमा ३३ मत खसेकाे थियाे ।
अध्यक्षमा निर्वाचित ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै पहिलाेपटक शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली