काठमाडौँ । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् ।
भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत खसेकाे थियाे । साथै नाे भाेटमा ३३ मत खसेकाे थियाे ।
अध्यक्षमा निर्वाचित ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै पहिलाेपटक शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली
‘यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ’ : ओली