काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ । क्यानले बुधबार अन्तिम चरणका पाँच प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले पाँच सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो ।
कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधिसमेत छन् ।
क्यानका अनुसार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो । जसबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा पाँच जनाको अन्तर्वार्ता लिईएको हो । यद्यपि क्यानले नाम भने खुलाएको छैन ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको होे । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाड्दा टोली प्रशिक्षकविहीन रहेको छ । क्यानले अन्तिम पाँच जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाएको छ । आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने