जनकपुरधाम । नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेकाे आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।
आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको अधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ