एनएमबि एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, २० : १०
एनएमबि एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल

काठमाडौँ ।  एनएमबि बैंक लिमिटेड एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एसियामा रहेका ४८ देशका बैंकहरूलाई पछाडि पार्दै एनएमबिले पहिलो पटक बैंक अफ दि एयर २०२१ एसियाको अवार्ड जितेको हो । यो अवार्डलाई बैंकिङ क्षेत्रमा महत्वपूर्ण उपाधिका रुपमा हेरिन्छ । 

बेलायतबाट प्रकाशित हुने पत्रिका फाइनान्सियल टाइम्सले एनएमबि बैंकलाई उक्त उपाधि दिएको हो। एनएमबिले जितके यो अवार्ड नेपालमै पहिलो हो ।यसअघि न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।  

त्यस्तै एनएमबि बैंकले  बैंक अफ दि एयर २०२१ नेपालु को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले  बैंक अफ दि एयर नेपालको अवार्ड चौथो पटक जितेको हो । 

 

प्रतिक्रिया दिनुहोस