माओवादी पालिका अधिवेशन : पाल्पाका स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

रासस

सोमबार, १३ मंसिर २०७८, १३ : ५०
माओवादी पालिका अधिवेशन : पाल्पाका स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाका १० स्थानीय तहमा सम्मेलनबाट समावेशी नेतृत्व चयन भएको छ । सम्मेलनबाट स्थानीय तहमा एक अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक सचिव, एक÷एक जना सहसचिव र कोषाध्यक्षसहितको ४९ देखि ५५ सदस्य कमिटी विस्तार गरिएको हो । नेकपा माओवादीका केन्द्रीय निर्वाचन सदस्य चक्रव्युह थापाका अनुसार स्थानीय तहमा सम्मेलनबाट निर्विरोध समावेशी नेतृत्व आएको बताए ।

तानसेन नगरपालिकामा माओवादीको अध्यक्षमा प्रतिक्षा गाहा सिञ्जाली, उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना, सचिव नवराज बस्याल र सहसचिव गोकुल पौडेल रहेका छन् । तिनाउ गाउँपालिकाको अध्यक्षमा, राजेश श्रेष्ठ, उपाध्यक्ष, दिनेश जिसी, पम्फा थापा, रेवन्त छहरी, सचिव गणेश रास्कोटी सहसचिव छवि गहतराज र कोषाध्यक्ष विक्रम राना निर्वाचित भएका हुन् ।

बगनाशकाली गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद भुसाल, उपाध्यक्ष कौशल न्यौपाने, जीतेन्द्र गाहा, सचिव दीपेन्द्र ढकाल, कोषाध्यक्ष लोककुमारी बस्याल, रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर कार्की, उपाध्यक्षमा मिरा राना, हरि कुँवर, विजय श्रेष्ठ, सचिवमा नारायण लामटाङ्गे, सहसचिव नवराज ज्ञवाली र कोषाध्यक्ष विधान कार्की निर्वाचित भएका हुन ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा लीला सोमै, उपाध्यक्षमा तेजेन्द्र सिञ्जाली, कृष्ण खनाल, चन्द्र बर्मेली, सचिव अमृत कामु, सहसचिव हरि बाह्रघरे कोषाध्यक्ष धातानन्द भट्टराई चयन भएका छन ।रामपुर नगरपालिकाको अध्यक्षमा यमबहादुर सुनार, उपाध्यक्षमा वीरबहादुर कुमाल, पदम अधिकारी, लक्ष्मी ढकाल, सचिव पिताम्बर भट्टराई, सहसचिव जयलाल विक र कोषाध्यक्षमा श्याम भट्टराई निर्वाचित भए। 

निस्दी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद खत्री, उपाध्यक्षमा नवलकुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी सचिव भुपिन सुनारी सहसचिवमा नवीन आले र कोषाध्यक्षमा वेद खण्डलुक रहेका छन ।माथागडी गाउँपालिकाको अध्यक्षमा हरि चौहान, उपाध्यक्षमा मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल, सचिवमा राजेश नेपाली, सहसचिव चिन्तबहादुर बराल र कोषाध्यक्षमा कमला जिसी रहेका छन । 

रम्भा गाउँपालिकाको अध्यक्षमा हिमाल अर्याल उपाध्यक्षमा धनबहादुर सिञ्जापति, सचिवमा विजय केसी, कोषाध्यक्षमा पदम नेपाली, निर्वाचित हुनुभएको नेकपा माओवादी केन्द्रले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा तुलराम गरम्जा, उपाध्यक्षमा कृष्ण भण्डारी, ढुण्डिराज ज्ञवाली, कविता खनाल, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्ष बाबुराम सुनार, र सहसचिव तिलक थापा निर्वाचित भएका हुन। 

आठ पालिकामा नेतृत्व चयन

गलकोट– माओवादी केन्द्रले बागलुङका आठ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, काठेखोला गाउँपालिका, तमाखोल गाउँपालिका, ताराखोला गाउँपालिका र बडीगाड गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको माओवादी केन्द्र जिल्ला ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारीले जानकारी दिए । 

बागलुङ नगरको अधिवेशनबाट इन्द्र केसी सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका छन। केसीको नेतृत्वमा ६५ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रतन मलेपती, चित्र सुवेदी, महेन्द्रकुमार विक, सचिवमा राजु खड्का, कोषाध्यक्षमा धनमाया शर्मा र सह–सचिवमा जीवन शर्मा रहेका छन ।

ढोरपाटन नगरकमिटिको अध्यक्षमा भीम गौतम, उपाध्यक्षमा सुमित घर्ती मगर, लेखतबहादुर कार्की, हिक्मत भण्डारी, सचिवमा वीरबहादुर घर्ती मगर चयन भएका छन । काठेखोला गाउँकमिटीको अध्यक्षमा कृष्ण थापा र बडीगाड गाउँकमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन भएको माओवादी केन्द्रले जनाएको छ । 

त्यसैगरी निसीखोला गाउँपालिका अध्यक्षमा कुवीर विक, उपाध्यक्ष कमला पुनमगर, रेशम पुन, टीकाबहादुर चन्द, सचिवमा कुशल बुढामगर, सहसचिव गङ्गा घर्ती र कोषाध्यक्ष तुल्सी रेग्मी चयन भएका छन् । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाको अध्यक्षमा दिवस खत्री चयन भएका छन । समितिको उपाध्यक्षमा खड्कबहादुर विक, दिलकुमारी पुन र यामबहादुर श्रीस, सचिवमा फूलमाया पुन, सहसचिवमा जीवन बस्नेत र कोषाध्यक्षमा गौरीमाया गुरुङ चयन भएकोबताइएको छ ।

त्यस्तै जैमिनीमा माओवादी केन्द्रको अधिवेशनबाट झमन पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय जैमिनी नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पुन, सकसबहादुर क्षेत्री र टेकबहादुर रायमाझी, सचिवमा शोभाप्रसाद शर्मा, सहसचिवमा अरविन थापा र कोषाध्याक्षमा निर्मला केसी चयन भएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर इञ्चार्ज लालबहादुर परियारले जानकारी दिए ।

जिल्लाको नौ वटा पालिकामा एकैसाथ अधिवेशन सुरु भए पनि बरेङ गाउँपालिकामा अझैसम्म सुरु भएको छैन । गलकोट नगरपालिकामा नेतृत्व चयन भएको छैन । सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने गरी छलफल भइरहेको संयोजक गैरेले जानकारी दिए । उनले केही दिनमै बरेङ गाउँपालिकामा पनि नेतृत्व चयन गर्ने बताए ।

माओवादीले जिल्लाका ८५ वटै वडामा सर्वसम्मतपछि दशैवटा पालिकामा अधिवेशनमार्फत नयाँ नेतृत्व गर्न थालेको हो । स्थानीय तहपछि, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ भने आगामी पुस ११ र १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुने बताइएको छ ।

हुम्लाका छ गाउँपालिकामा अधिवेशन

सिमकोट– सात वटा गाउँपालिका रहेको हुम्लामा छ वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गरेको छ । हुम्लामा सुरु भएको अधिवेशनमा छ पालिकामा माओवादी केन्द्रले पालिका कमिटी चयन गरेको छ ।
      
सात पालिका रहेको हुम्लामा नाम्खा गाउँपालिकामा यसभन्दा पहिले पालिका अधिवेशन सम्पन्न भएर प्रेम लामालाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान), ताँजकोटमा अकवीर खड्का, अदनचुलीमा हरिदल पुन, चङ्खेलीमा कालीबहादुर बुढा (कुशल( र सर्केगाढ गाउँपालिकामा चन्द्रसिंह कार्की सर्वसम्मतिमा कमिटी गठन गरेको माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा पूर्वसभासद छिमीर्दोजे लामाले जानकारी दिए । 
    
जिल्लाको एकमात्रै खार्पुनाथ गाउँपालिकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । खार्पुनाथ गाउँपालिकामा सहमति हुन नसकेपछि अधिवेशन उद्घाटन गरेर स्थगित गर्नुपरेको पूर्वपालिका अध्यक्ष सजक रावलले जानकारी दिनुभयो । गठन हुन नसकेका पालिकामा पनि छिट्टै सहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लामाले बताए । पार्टीको नीतिअनुसार प्रत्येक गाउँपालिकामा ५५ सदस्सीय पालिका कमिटी गठन गरिएको लामाले बताए। 
––