काठमाडौं । एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको छ। केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको हो। यससँगै १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको बाटो तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो। विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ।
शुक्रबार बसेको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको छ। १५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको हो। उपाध्यक्ष र उपमहासचिव थप गरिएको छ। अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन्। पहिला वरिष्ठसहित पाँच उपाध्यक्षको व्यवस्था थियो। उपमहासचिव दुई जना थपिएको छ।
पहिला एक मात्रै उपमहासचिवको व्यवस्था थियो। स्थायी कमिटी भने यथावत् राखिएको छ। विधान महाधिवेशनबाट ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको थियो।
अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने निर्णय भएको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत ढंगबाट पारित गरेको हो।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ मंसिर २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)