काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’
नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने घोषणासमेत उनले गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन्: विमलेन्द्र निधि
व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ: विमलेन्द्र निधि
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि