काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान जारी गरेपछि जनतासमक्ष जनाएका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने बताए।
उनले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताए।
उनले भने, ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ, संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ। त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ। यो काम नेपाली काँग्रेसले मात्रै गर्दछ। किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन्। उनीहरूको प्राथमिकतामा छँदै छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ: विमलेन्द्र निधि
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?