काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको लागि अर्थ मन्त्रालयले बजेट छ्ट्याएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले निकुञ्जभित्र सडक निर्माणका लागि अर्थ मन्त्रालयले १२ करोड रुपैंया बजेट स्वीकृत गरेको बताए ।
नगरप्रमुख ढकालले निकुञ्जभित्र कसरादेखि बनकट्टा खण्डमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट छ्ट्याएको बताए । उनले सडक निर्माणको लागि राष्ट्रिय निकुञ्ज विभागले पनि सहमती दिएको बताए । नगरप्रमुख ढकालले आउँदो मंसिर १३ गते भारतको हैदराबाद पुगी केमिकल पिचको अध्ययन गर्ने र सो लिक्वीड नेपालमा ल्याई सडक विभागको प्रयोगशालामा परीक्षण गरिने बताए ।
परीक्षणपछि सडक निर्माणको काम तुरुन्त शुरु गरिने उनले बताए । निकुञ्जभित्रको सडक निर्माणको काममा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायले असयोग गर्दै आइरहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल