काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको लागि अर्थ मन्त्रालयले बजेट छ्ट्याएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले निकुञ्जभित्र सडक निर्माणका लागि अर्थ मन्त्रालयले १२ करोड रुपैंया बजेट स्वीकृत गरेको बताए ।
नगरप्रमुख ढकालले निकुञ्जभित्र कसरादेखि बनकट्टा खण्डमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट छ्ट्याएको बताए । उनले सडक निर्माणको लागि राष्ट्रिय निकुञ्ज विभागले पनि सहमती दिएको बताए । नगरप्रमुख ढकालले आउँदो मंसिर १३ गते भारतको हैदराबाद पुगी केमिकल पिचको अध्ययन गर्ने र सो लिक्वीड नेपालमा ल्याई सडक विभागको प्रयोगशालामा परीक्षण गरिने बताए ।
परीक्षणपछि सडक निर्माणको काम तुरुन्त शुरु गरिने उनले बताए । निकुञ्जभित्रको सडक निर्माणको काममा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायले असयोग गर्दै आइरहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड