काठमाडौं । एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद महासचिव हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षको दाबेदार पनि हुन्छ ।
अहिलेका महासचिव ईश्वर पोखरेल पुनः सोही पदमा विधान अनुसार दोहोरिन पाउने छैनन् । महासचिवका लागि पोखरेलसँग नवौं महाधिवेशनमा ६ मतले पराजित सुरेन्द्र पाण्डे, तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी निर्वाह गरेका विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाबी गरेका छन् ।
पाण्डे, पौडेल, गुरुङ र पोखरेलमध्ये एक महासचिव हुने निश्चित छ । यसमध्ये पौडेल र पोखरेलको सम्भावना बढी छ । पौडेल तत्कालीन नेकपाको महासचिवको भूमिका निर्वाह गर्न सफल भएको र ओलीको विश्वासिलो पात्र हुन् । उता पोखरेल जनताको बहुदलीय जनबाद (जबज) को व्याख्याता र राष्ट्रपति भण्डारीका साथै अध्यक्ष ओलीको पनि विश्वासिलो पात्र हुन् ।
पाण्डेले विगतमा ओलीलाई सहयोग नगरेको र उनी पूर्व नेपाल–खनाल समूहका नेता भएकाले उनको सम्भावना छैन । गुरुङ ओलीको विश्वासिलो पात्र भए पनि पौडेल र पोखरेल अगाडि फिक्का भएकाले उनको पनि सम्भावना छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ मंसिर २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न