चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवसँग सहकार्य गर्दै एकतामा जाने समझदारी बन्दै गएको बताएका छन् । आज भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विप्लवसँग पटकपटक भेट भइरहेको र आज बिहान पनि गम्भीर रुपमा छलफल भएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘विप्लवसँग सहकार्य भइरहेको छ, यसलाई एकतासम्म लैजाने समझदारी बन्दै गएको छ । चुनावमा गठबन्धन गरेर जाने समझदारी बनिसकेको छैन, तर त्यो रुपमा अगाडि बढाउने समझदारी बन्दै गइरहेको छ ।’ प्रधानन्यायाधीशको विषयमा पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको अहिलेको विवाद केहीदिनमा समाधान हुने अपेक्षा गरे ।
उनले भने, ‘अदालतभित्रको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने हाम्रो चाहना हो । केही दिनभित्रैमा समस्या समाधान होस् भन्ने आशासहितको वक्तव्य पाँच दलीय गठबन्धनले वक्तव्य निकालेका हौँ ।’ उनले राजनीतिक दलहरुले अदालतभित्र कहीँकतै हस्तक्षेप गरेको नदेखियोस् भन्ने आफ्नो र सरकारको चाहना भएको बताए । उनले भने, ‘अदालतमाथि राजनीतिक हस्तक्षेप भयो भन्ने नपरोस् भनेर हामी सचेत छौँ, त्यहाँको समस्या त्यहीँ समाधान होस् भन्ने हामी सबैको चाहना हो ।’
अध्यक्ष प्रचण्डले एमसिसी फिर्ता जाहोस् भन्ने आफू र सरकारले नचाहेको बताए । उनले भने, ‘अमेरिकाको अनुदान लिनुपर्छ । आवश्यकता छ । अमेरिकाबाट सहयोग लिँदै आएको छौँ ।’ राष्ट्रिय सहमति गरेर राजनीतिक दलसँग छलफल गरेर एउटा समझदारी गरेर निकास निकाल्ने कोशिस गरेको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले एमालेका कारण एमसिसी सम्झौतामा केही ढिला भएको बताए । उनले भने, ‘महाधिवेशनपछि छलफल गरौँला भनेपछि एमसिसीमा केही ढिला भएको हो, तर सबैसँग समझदारी गरेर परिमार्जनसहित एमसिसीलाई अगाडि बढाउनेमा छलफल भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ : प्रचण्ड
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार