झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट गएराति एक युवक घाइते भएका प्रहरीले जनाएको छ।
राति करिब नौ बजेतिर मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक जंगली हात्तीले आक्रमण गरेको हो।
हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु