राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

सफल खबर संवाददाता

शनिबार, ०४ मंसिर २०७८, ११ : १७
राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।

यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३० बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेस गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।सिफारिस समितिले स्नातक उत्तीर्ण भएको, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको योग्यता पुग्ने एक जना महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । 

मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको त्यही नामबाट एक जना सदस्य सचिव हुनेछन् । सरकारले गत १ कात्तिकमा रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो । 

प्रतिक्रिया दिनुहोस