काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।
यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३० बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेस गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।सिफारिस समितिले स्नातक उत्तीर्ण भएको, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको योग्यता पुग्ने एक जना महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको त्यही नामबाट एक जना सदस्य सचिव हुनेछन् । सरकारले गत १ कात्तिकमा रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत