काठमाडौँ । सशस्त्र प्रहरीको एक टोलीले काठमाडौँको टोखा नगरपालिका–७ ग्राण्डी अस्पताल नजिकैबाट आज सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा दोलखा घर भई सोही नगरपालिका–३ बस्ने ५० वर्षीय सञ्जु तामाङ र सोलुखुम्बुको सोताङ गाउँपालिका– १ बस्ने २४ वर्षीय अमीर राई छन् ।
उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालयबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कछुवासहित आवश्यक कारवाहीका लागि प्रहरीचौकी टोखामा बुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ मंसिर २०७८, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ