काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरेर युवती तथा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् ।
उनले सामाजिक सञ्जालहरु इस्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुलाई साथी बनाएर विभिन्न डरधम्की दिएर नग्न तस्बिर तथा भिडियो पठाउन लगाएर चरित्र हत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीको आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ