काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरेर युवती तथा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् ।
उनले सामाजिक सञ्जालहरु इस्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुलाई साथी बनाएर विभिन्न डरधम्की दिएर नग्न तस्बिर तथा भिडियो पठाउन लगाएर चरित्र हत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीको आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ