वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, ०६ : ५२
वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

काठमाडौ । शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आइतबार बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो ।

आइतबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरिररहँदा अपराह्न वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार वर्षा नभएमा सोमबार बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइनेछ । आइतबार आठ स्थानबाट डाइभर्सन बनाई आवागमन गराउन खोजिए पनि चारसयबेँसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा वर्षा भएपछि थप काम रोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस