काठमाडौँ । मधेसी जनताले पाउनुपर्ने अधिकार अहिलेसम्म नपाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । अध्यक्ष दाहालले मधेसी जनसमुदायले पाउनेजति अधिकार नपाएकाले त्यो अधिकार प्राप्तिका लागि लड्ने बताए।
उनले भने, ‘मैले प्रधानमन्त्रीको रूपमा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव दर्ता गरेँ तर पास भएन । म लडिरहन्छु जबसम्म प्रस्ताव पास हुँदैन। र, तपाईहरूले पनि मलाई साथ दिनुहुन्छ भन्ने विश्वास छ।’ बुधबार महोत्तरीको रामगोपालपुरमा स्वास्थ्य चौकी उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आफूले जनतासँग गरेको वाचा पूरा गरेको दाबी गरे।
उनले भने, ‘म स्थानीय निर्वाचनको सन्दर्भमा जनतालाई विश्वासमा लिन गाउँ–गाउँ घुमेँ र मधेसी जनताको भावनालाई नजिकबाट बुझ्ने प्रयास गरेँ । र त्यसलाई समाधान गर्न धेरै प्रयास गरेँ’, उनले अगाडि भने, ‘मैले निर्वाचनको समय भनेको थिए, यो हुलाकी राजमार्गलाई निर्माण गर्न नेपालको मात्र होइन भारतको सरकारसँग पनि कुरा गर्नेछु र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मादीसँग तीन पटक कुरा गरेको थिएँ। दोस्रो पटक प्रधानमन्त्री भएर भारतबाट फर्केपछि मैले सिरहामा हुलाकी राजमार्गको शिलान्यास गरेको थिएँ, अहिले बनेछ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफूले वाचा गरेको कुरा पूरा गरेको दाबी गरे । उनले आफू उपचुनावमा पिपरा आउँदा सडक धुलाम्य देखेपछि त्यस सडकलाई बनाउन पूरै तागत लगाउने भनेको र आज सडक तयार भएको दाबी गरे। अध्यक्ष दाहालले अहिले आफू गठबन्धनमा बलियो रहेको बताए। उनले भने, ‘अहिले म प्रधानमन्त्री नभए पनि गठबन्धनमा बलियो छु, प्रधानमन्त्री बनाउने मान्छे छु।
अध्यक्ष दाहालले चुरे विनाशको सम्बन्धमा जानकारी दिँदै भने,‘देशमा राजनीति बिग्रे सबै बिग्रन्छ, देशमा धेरै कुरा बिग्रेको थियो अहिले आएर विस्तारै सबै ठीक हुँदै छ । चुरे दोहन गर्ने, गिट्टी बालुवा घिचेर विदेश बेच्ने नीति खलनायकको थियो, केपी ओलीले । हामीले त्यसलाई रोक्यौँ।’ अब छिट्टै चुरे संरक्षणका लागि विस्तृत योजना ल्याउने उनले बताए।
अध्यक्ष दाहालले मधेसी जनसमुदायलाई सबैभन्दा बढी ठग्ने मधेसीकै सामन्त, दलाल, जमिन्दार, यहाँका ठग रहेको आरोप लगाएका छन्। उनले मधेसी जनसमुदायलाई यहाँका सामन्त, दलाल, जमिन्दारले ठगेको र पहाडमा त्यहीँका जमिन्दार, ठग, दलालले ठगेको बताए । उनले मधेस र पहाडका सबै गरिब, श्रमजीवी जनता एक भएर लडे दुनियाँको कुनै तागतले हराउन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड