नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ । कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ । त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ । अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो ।
भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन् । अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’