नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ । कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ । त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ । अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो ।
भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन् । अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?