चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलबीच आज शिष्टचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो ।
राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदुत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए ।
भेटका क्रममा नेपाल र कतारबीच आपसीसम्बन्ध कायम भएसँगै दुई देशबीच दुई पक्षीय सहयोग आदानप्रदान भइरहेको बताइएको छ । राजदुत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने बताए । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन आफू लागिपर्ने राजदुत मोहम्मदको भनाइ थियो । कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको उनको भनाइ थियो ।
कतारमा ५ लाख बढी नेपालीहरू विभिन्न क्षेत्रमा रोजगार तथा पछिल्ला दिनहरूमा कतारमा लगानीसमेत गरी व्यापार व्यवसाय गरिरहेका छन् । महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदान प्रदाननका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकिकरण गर्न थप सहयोग पुग्ने बताइन् । राजदुत मोहम्मदलाई महानगर प्रमुख दाहालले स्वागत गर्दै कतारले लोभलाग्दो विकास गरेको बताइन् ।
कतारका बिकासका असल अभ्यासहरू अनुशरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको समेत प्रमुख दाहालको भनाइ थियो । प्रमुख दाहालले भरतपुर महानगरमा बनिरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न कतार सरकारसँग सहकार्यको अपेक्षा गरेकी थिइन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका कतारका जुनकुनै सहरसँग भगिनी सम्बन्ध कायम गरी नागरिक स्तरमा दुई देशबीच सहयोग आदानप्रदान र आपसी हितका क्षेत्रमा काम गर्न इच्छुक रहेको समेत राजदुत महमदलाई जानकारी गराइन् । भेटघाट कार्यक्रममा भरतपुरमहानगरपालिकाका प्रमुख रामबन्दु सुवेदी, आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्याललगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ कार्तिक २०७८, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर भ्रमण वर्ष : राप्ती नदीमा छाडिए २० वटा घडियाल गोही
सर्वसाधारणको लागि खुला हुँदै दियालो बंगला, सञ्चालनको जिम्मा भरतपुर महानगरलाई
भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह
मेयर रेनु दाहाल लन्डनमा ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्दै
भरतपुर महानगर प्रमुख दाहाललाई बेलायत जान मन्त्रिपरिषद्ले दियो अनुमति
आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास : प्रमुख दाहाल