प्रदेश २ मा साइकल खरिद गर्दा अनियमितता भएको अख्तियारको ठहर

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, १८ : २५
प्रदेश २ मा साइकल खरिद गर्दा अनियमितता भएको अख्तियारको ठहर

काठमाडौँ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा अनियमितता भएको अख्तियारले ठहर गरेको छ ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो । ती फाइल अनुसन्धान गर्दा अनियमितता भएको पाइएको अख्तियारले ठहर गरेको छ ।