काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८५ अंकको बिन्दुमा पुगेको छ । २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ ।
यसैगरी सेन्सेटिभ परिसूचक १६.०२ अंकले घट्दै ५१२.८२ अंकको बिन्दुमा पुगेको छ । १३ वटै समूहगत परिसूचकहरु घटेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क करिब ४६५ अंकले घटेको छ ।
यसैगरी जीवन बीमा समूहको ३८० अंक, वित्तीय समूहको १४५ अंक , उत्पादन तथा प्रसोधन समूहको १८७ अंक, जलविद्युत समूहको १०२ अंक, अन्य समूहको ८१ अंक र व्यपार समूहको करिब ३६ अंकले कारोबारमा गिरावट आएको छ ।
तेह्रथुम जलविद्युत कम्पनी, साहस ऊर्जा र मानुसी लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ । २९ करोड ८२ लाख बराबरको सेयर कारोबार गरेको नविल बैंक लिमिटेड कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको छ । साहस ऊर्जाले करिब २५ करोड ७९ लाख कारोबार गर्दै सबैभन्दा धेरै कारोबार गर्ने दोस्रो कम्पनी बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ कार्तिक २०७८, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार