आईसीसी टी–२० क्रिकेट : नामिवियामाथि भारतको ९ विकेटको जीत

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, ११ : १६
आईसीसी टी–२० क्रिकेट : नामिवियामाथि भारतको ९ विकेटको जीत

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ ।

सोमबारराति यूएईको दुबईमा भएको खेलमा नामिबियाले दिएको १३३ रनको लक्ष्य पछ्याउदै भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो ।

भारतका लागि के एल राहुलले नटआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाउन सफल भए । रोहित शर्मा ५६ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस