काठमाडौं । कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् ।
पैंतीस वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर हत्या गरी उनी भारततर्फ फरार भएका थिए ।
लोनियालाई खोजतलास गर्ने क्रममा यही कात्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका–९ डुमराबाट इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कङ्काल गत असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ कार्तिक २०७८, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ