दाङ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देवबकादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दाङको बबई गाउँपालिका वडा–३ ठाडोखोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तुलसीपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु