दाङ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देवबकादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दाङको बबई गाउँपालिका वडा–३ ठाडोखोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तुलसीपुर लगिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते