काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई औपचारिक कागजात तथा पहिचानसम्बन्धी सामग्रीमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्।
पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित यस्तो निर्देशन दिइएको हो।
संसदीय दलको अनौपचारिक बैठकका क्रममा लामिछानेले आफ्ना नामसँग जोडेर कुनै पनि कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको जानकारी पार्टी प्रवक्ता मनिष झाले दिएका छन्।झाका अनुसार सभापति लामिछानेले सांसदहरूलाई अझ धेरै सिक्ने र अनुभवी व्यक्तिहरूलाई सल्लाहकारका रूपमा उपयोग गर्ने अभ्यासलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
साथै आगामी निर्वाचनका लागि योग्य उम्मेदवार छनोट तथा पूर्वतयारीस्वरूप वैशाख २० गतेदेखि उम्मेदवार अभ्यास कार्यक्रम सञ्चालन हुने जानकारी पनि बैठकमा दिइएको छ।
त्यसैगरी, बैठकमा कुनै पनि व्यक्तिलाई भविष्यको निर्वाचन टिकट वा उम्मेदवारीबारे पूर्वप्रतिबद्धता नजनाउन निर्देशन दिइएको छ। यस्तो अभ्यास भेटिएमा जिम्मेवार ठहर गरिने चेतावनीसमेत दिइएको प्रवक्ता झाले बताएका छन्।
पार्टीका सांसदहरूबीचको आन्तरिक समन्वय, आचरण र संगठनात्मक अनुशासन मजबुत बनाउने विषयमा केन्द्रित छलफल हाल पनि जारी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ बैशाख २०८३, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'