काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् । ललितपुर प्रहरीका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो । मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ कार्तिक २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला