काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ
बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले गोरखा जरङ गापा–४ घर भई, चाँगुबस्ने ३७ वर्षीय सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।
बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ कार्तिक २०७८, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ