आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेट

न्युजिल्यान्डले निकाल्यो दोश्रो जित, सेमी फाईनल पुग्ने सम्भावना कायमै

एजेन्सी

विहीबार, १८ कार्तिक २०७८, ०८ : ०९
न्युजिल्यान्डले निकाल्यो दोश्रो जित, सेमी फाईनल पुग्ने सम्भावना कायमै

एजेन्सी । न्युजिल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ। दुबईमा बुधबार भएको खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै न्युजिल्यान्डले दोस्रो जित निकालेको हो। 

न्युजिल्यान्डले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो। स्कटल्यान्डका मिखायल लिस्कले सर्वाधिक ४२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले २० बलमा तीन छक्का र तीन चौका हिर्काए। 

यसैगरी म्याथु क्रसले २७, जर्ज मुन्सेले २२, रिकी बेरिङ्टोनले २०, कप्तान काइल कोट्जरले १७ र कालुम म्याकलोडले १२ रन बनाए। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र इस सोधीले दुई÷दुई र टिम साउथीले एक विकेट हात पारे। 

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ७३ रनको योगफल खडा गरेको थियो। न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान मार्टिन गप्टिलले अर्धशतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका उनले ५६ बलमा सात छक्का र ६ चौकाको मद्दतमा ९३ रन बनाए।  

यसैगरी ग्लेन फिलिप्सले ३३, ड्यारेल मिचेलले १३ र जेम्स निसामले ११ रन बनाए। न्युजिल्यान्डका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। स्कटल्यान्डका ब्याड्ले ह्बिल र सफयान सारिफले दुई÷दुई विकेट लिए। यस्तै मार्क वाटले एक विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस