एजेन्सी । टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको छ। बुधबार भएको चौथो प्रतिस्पर्धामा न्युजिल्यान्डले भारतमाथि ५० रनको जित निकालेको हो ।
५ खेलमा तीन खेल जितेर सिरिज आफ्नो पक्षमा पारिसकेको भारतलाई चौथो खेलमा न्युजिल्यान्डले हराएको हो । यो जितसँगै सिरिजमा न्युजिल्यान्डले ३–१ गरेको छ ।
विशाखापटनम एसिए–भिडिसिए क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो। उसका लागि टिम सिफर्टले अर्धशतक बनाए । ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रन बनाएका हुन् । डेभोन कन्वेले ४४ रन बनाउँदा ड्यारिल मिचेलले ३९ रन थपे । भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान दुईदुई विकेट लिएका थिए।
२ सय १६ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ लाइनलाई न्युजिल्यान्डले सुरुमै ध्वस्त पारेको थियो । पहिलो बलमै अभिषेक शर्मा गुमाएपछि भारत दबाबमा परेको थियो ।
उसका लागि शिवम दुबेले २३ बलमा ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । रिन्कु सिंहले ३० बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे। सन्जु सामासनले २५ र रवि विष्नोईले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारत १८ ओभर चार बलमा १ सय ६५ रनमै अलआउट भएको हो । न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले तीन, इश सोधी र जेकब डफीले समान दुईदुई विकेट लिए । भारत र न्युजिल्यान्डले सिरिजको अन्तिम खेल शनिबार खेल्दैछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ माघ २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?