काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ कार्तिक २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : विभिन्न भूभागमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?