काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिल्वस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरीएको हो ।
यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को ब्यवस्था नहुदासम्मकोलागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ कार्तिक २०७८, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत