लुम्बिनी । लुम्बिनी प्रदेशका छुटाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमाकौडा खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिकामा ९ जनालाइ पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरबाट जुवा खेल्दै गरेका रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ । यस्तै गुलरिया नगरपालिका–७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास अवस्था ९ जनालाई पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा स्थानीय ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र तास बरामद भएको छ । यस सम्बन्धमा थप कानुनी प्रकृया शुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ