एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति टोटनहममाथि ३–० को प्रभावशाली जित निकालेको छ । लिभरपुलविरुद्ध खराब खेलेको म्यानचेस्टरले यो जितपछि मैदानमा उत्कृष्ट पुर्नआगमन गरेको हो ।
म्यानचेस्टरका लागि क्रिस्टियानो रोनाल्डो, एडिसन कभानी र मार्कस रसफोर्डले गोल गरे । आफ्नो घरेलु मैदानमा बेहोरेको यो हारपछि टोटनहम र यसका व्यवस्थापक नुनो सान्टो दबाबमा आएका छन् ।
यो जितपछि म्यानचेस्टरको १७ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । यसअघि शीर्ष स्थानमा रहेको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराएको थियो ।
यस्तै, लिभरपुलले ब्राइटनसँग २–२ को बराबरी खेल्यो भने १० खेलाडीमा सीमित म्यानचेस्टर सिटी क्रिस्टल प्यालेसको हातबाट २–० ले पराजित रह्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ कार्तिक २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार