बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, २१ : ३४
बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजल र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातदेखि लागु हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।

यससँगै अब डिजेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र पेट्रोलको मूल्य १३३ रुपैयाँ पुगेको छ ।  यस्तै मट्टितेलको मूल्य पनि रु ३ नै बढेर प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजेल र मट्टितेलका ेमूल्य प्रतिलिटर ११३ रुपैयाँ रहेको थिया । 

यसैगरी हवाइ इन्धनमा आन्तरिकतर्फ साविकको विक्री मूल्यमा प्रतिलिटर रु १० बढाएर ९६ रुपैयाँ बनाइएको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ८५३ अमेरिकी डलर कायम गरिएको छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढाएको छ । शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १४५० रुपैयाँ थियो । 

मूल्य बढाउँदा पनि ग्यास बिक्रीमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा नै रहेको निगमको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस