पूर्वराजाको निजी जीवनमा प्रयोग गरेको सामग्री प्रदर्शनीमा राखिँदै

पत्रपत्रिकाबाट

बुधबार, १० कार्तिक २०७८, ०८ : १५
पूर्वराजाको निजी जीवनमा प्रयोग गरेको सामग्री प्रदर्शनीमा राखिँदै

काठमाडौं । तत्कालीन  राजा  त्रिभुवन,  महेन्द्र र  वीरेन्द्रले  निजी  जीवनमा  प्रयोग गरेको  सामग्रीलाई  हनुमानढोमा पुनः    प्रदर्शनीमा    राख्ने   तयारी भएको छ ।

हनुमानढोका  दरबारको  नौतले दरबार,   गद्दी   बैठक   र   नौतले दरबारबीचको सेतो भवन तथा गद्दी बैठकको  उत्तर  भागमा जोडिएको फरासखाना एवं सँगैको न्हुछेँ चोकमा रहेको  पृथ्वीनारायण  शाहको  सयन कक्ष  रहेको  भवनमा  प्रदर्शनी  गर्ने तयारी गरिएको हो ।

अहिले प्रदर्शनका लागि राखिने महत्वका  सामग्रीको  छनोट  तथा आवश्यक सरसफाइ कार्य भइरहेको छ । हनुमानढोका  दरबार  हेरचाह अड्डा प्रमुख  सन्दीप  खनालका अनुसार   यी   सामग्री   प्रदर्शनको पूर्वतयारीको काम भइरहेको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस