काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । सदस्यहरुले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।
राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउने उनको भनाइ छ । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए । राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ कार्तिक २०७८, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
राजदूत फिर्ता बोलाउनु अदालतको अवहेलना हो : नेपाल बार
संसद विघटन असंवैधानिक : नेपाल बार
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल