बार सल्लाहकार समितिले भन्यो – प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १७ : ४९
बार सल्लाहकार समितिले भन्यो – प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन

काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । सदस्यहरुले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।

राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउने उनको भनाइ छ । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए । राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस