काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल

सफल खबर संवाददाता

आइतबार, २९ असार २०८२, ०७ : ५६
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र तिवारीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । 

शनिबार सार्वजनिक निर्वाचनको अन्तिम नतिजाअनुसार उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल, सहसचिवमा अनिता शर्मा, कोषाध्यक्षमा प्रमिला कायस्थ निर्वाचित भएका छन् ।  

यसैगरी महिला सदस्यमा सम्झना केसी र तुलसा खरेल तथा खुला सदस्यमा सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनकसिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्ण प्रसाद दाहाल तुल्सीराम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, रामबहादुर शाही र सरोज सिलवाल निर्वाचित भएको निर्वाचन अधिकृत दीपक कुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस