काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र तिवारीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
शनिबार सार्वजनिक निर्वाचनको अन्तिम नतिजाअनुसार उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल, सहसचिवमा अनिता शर्मा, कोषाध्यक्षमा प्रमिला कायस्थ निर्वाचित भएका छन् ।
यसैगरी महिला सदस्यमा सम्झना केसी र तुलसा खरेल तथा खुला सदस्यमा सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनकसिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्ण प्रसाद दाहाल तुल्सीराम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, रामबहादुर शाही र सरोज सिलवाल निर्वाचित भएको निर्वाचन अधिकृत दीपक कुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
राजदूत फिर्ता बोलाउनु अदालतको अवहेलना हो : नेपाल बार
संसद विघटन असंवैधानिक : नेपाल बार