अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एक युवाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १२ : २२
अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एक युवाको मृत्यु

सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एक युवाको मृत्यु भएको छ ।

सोमबार राति घर नजिककै उत्तिसको रुखमा रहेको अरिंगाल झार्ने क्रममा मेन्छ्यायेम-३ पौठाकका ३० वर्षीया नेत्रहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

लिम्बूको शव पोसमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याउँदै गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस